पेचिलो बन्दै पोखरा उद्योग बाणिज्य संघको निर्वाचन

पोखरा । पोखरा उद्योग बाणिज्य संघको निर्वाचनको मिति तोकिएसँगै चुनावी सरगर्मी बढेको छ । आगामी असोज ६ र ७ गतेका लागि निर्वाचनको मिति तोकिएसँगै उम्मेदवारबीच चुनावी सरगर्मी बढेको हो । यो चुनावमा पनि राजनीतिक रुपमा प्यानल बन्ने सम्भावना अधिक छ ।

यसअघि सहमतिमा नेतृत्व छान्ने तयारी भएपनि पछिल्लो समय सहमति भन्दा प्यानलमै चुनावी प्रतिश्पर्धा हुने लगभग टुंगिएको छ । श्रोतका अनुसार काँग्रेस तर्फबाट रवीनसन प्रजुलाई अध्यक्षमा अघि सार्ने बुझिएको छ ।

उनी हालका बरिष्ठ उपाध्यक्ष हुन् । यसअघि नारायण कोइरालालाई अध्यक्षमा लैजान तयारी गरिएपनि प्यानल मिलाउन र चुनाव जित्ने गरी तयारी गर्दा उनलाई बरिष्ठ उपाध्यक्षमा लैजाने श्रोतको भनाई छ । यद्यपी यो अन्तिम चाहीँ होईन । 

अर्की आकांक्षी विन्दु कोइराला सुवेदी र नारायण कोइरालाको पद मिलाउन सके अरु चाहीँ सजिलै मिल्ने श्रोत बताउँछ । यस्तै महासचिवमा हालका उपमहासचिव अर्जुन पोख्रेल, उद्योग तर्फको उपाध्यक्षमा गोकर्ण कार्कीलाई दोहो¥याउने र बाणिज्य तर्फको उपाध्यक्षमा हालका कोषाध्यक्ष पवन प्रजापति, कोषाध्यक्षमा सुरेन्द्र विजुक्छे तथा उपमहासचिवमा चिनु गुरुङलाई पठाउने बुझिएको छ । 

उम्मेदवारमा केही कुरा मिलाउन बाँकी छ ।’ काँग्रेसतर्फको उम्मेदवारलाई मिलाउने जिम्मेवारी सांसद तथा पूर्व अध्यक्ष विन्दुकुमार थापालाई दिईएको छ । यता कम्युनिष्टको तर्फबाट हालका महासचिव दामु अधिकारी अध्यक्षको उम्मेदवार बन्ने लगभग पक्कापक्की भैसकेको छ । 

उनले पनि प्यालन बनाएर चुनावमा होमिने तयारी गरेका छन् । कम्युनिष्ट प्यानलको महासचिवमा किसान सुनार, उप महासचिवमा प्रेम भुजेलको नाम अघि आएको छ । यो समुहमा साविकको एकिकृत माओबादी पक्षबाट एक जना पदाधिकारी र तीन जना सदस्य ल्याउने गरी तयारी छ । 

दुई बर्षे कार्यकालका लागि २४ पदमा चुनाव हुन्छ । ४ सदस्य अध्यक्षले मनोनयन गर्नेछन् भने निवर्तमान अध्यक्षसहित २९ जनाको पूर्ण समिति तयार हुन्छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर