• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

तालिबान समूहद्धारा यात्रुबाहक बस अपहरण

एजेन्सी ।  अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खान अबाद जिल्लामा तालिबान आतङ्ककारी समूहले सोमबार तीन ओटा यात्रुवाहक बस अपहरण गरेका छन् । 

अपहरणमा परेको बसमा १ सय ५० भन्दा बढी यात्रु रहेको जिल्ला गभर्नर हयातुल्ललाह आमिरीले बताए । स्थानीय समयानुसार सोमबार बिहान ४ बजे बसमा चढेका गाउँलेलाई तालिबानले नियन्त्रणमा लिएको आमिरीले जानकारी दिए । अपहरणमा परेका ती यात्रुलाई  सुरक्षित मुक्त गराउन सुरक्षाफौजले कारबाही सुरु गरेको छ । 

अफगानिस्तानका राष्ट्रपति मोहमद असरफ घानीले तीन महिनाको सःशर्त युद्धविरामको एकतर्फी घोषणा गरेकोे एक दिनपछि नै यो अपहरण भएको हो । मुस्लिम समुदायको महान चाड ईदका अवसरमा राष्ट्रपति घानीले घोषणा गरेको युद्धविराम सोमबारदेखि नै लागू हुने योजना थियो ।

 सरकारले घोषणा गरेको यस युद्धविरामका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर