• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

विश्वविद्यालयमा अन्धाधुन्ध गोली चल्यो, १९ को मृत्यु

क्रिमिया । रुसको कब्जा रहेको क्रिमियाको एक प्राविधिक विश्वविद्यालमा अन्धाधुन्द गोली चल्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ । यस घटनामा केही व्यक्ति घाइते भएको पनि बताइएको छ । 

यो आक्रमण क्रिमियाको क्यार्च सहरस्थित एक विश्वविद्यालमा भएको हो । १८ वर्षीय एक छात्रले अन्य छात्राहरुमाथि गोली चलायो र अन्तिममा आफूैलाई पनि सुट गरेको रुसी जाँचकताएले बताएका छन् । 

आक्रमण कसरी भयो भन्ने सम्बनधमा अहिले विरोधाभासी खबर आइरहेको बिबीसीले बताएको छ । भ्लादिस्लेभ रोसल्यकोभ नामक एक छात्र सुरुमा क्यान्टिनमा देखियो र त्यहीबाट उसले अन्धाधुन्ध गाली चलाउँदै अर्को कोठामा कुदेको जाँचकर्ताको भनाई छ । 

रुसी सञ्चारमाध्यममा आएको एक तस्विरमा विश्वविद्यालयको पुस्तकालयको अगाडीबाट भ्लादिस्लेभको शव देख्न सकिन्छ । आक्रमणमा ज–जसलाई गोली लागेको थियो, उनीहरुको तत्कालै मृत्यु भइसकेको सुरुवाती जाँचबाट पत्ता लागेको जाँच समितिले बताएको छ । यद्यपी, अन्य रिपोर्टमा खाली गम्भिर चोट लागेको बताइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर