• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018/ 02:41 pm

अमेरिकी चुनावको पूर्वसन्ध्यामा फेसबुक बन्द

एजेन्सी । अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट (खाता) बन्द गरिएको छ । 

अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ वटा इन्स्टाग्राम खाता समेत रहेका छन् । अमेरिकी कानुन कार्यान्वयन तथा जासुसी संस्थाहरुले रुसीहरुले फेसबुक मार्फत नक्कली समाचार (फेक न्यूज) फैल्याएको बताए लगत्तै फेसबुकले उक्त घोषणा गरेको हो । अमेरिकामा मङ्गलबार मध्यावधि चुनाव हुँदैछ । 

गत साता प्रकाशित एक अध्ययनमा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनको भन्दा बढी मात्रामा यसपटक सामाजिक सञ्जाल मार्फत गलत सूचना प्रवाह भएको देखिएको छ । राष्ट्रपतीय निर्वाचनताका राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा रुसीहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी सघाएको आरोप लाग्दै आएको छ । 

फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नाथानिल ग्लेचरको भनाइ अनुसार फेसबुकका ३० र इन्स्टाग्रामका ८५ खाता भएका व्यक्ति एवं संस्थाका कृयाकलाप शङ्कास्पद रहेको पहिचान भएको छ । उक्त खाताहरु फ्रान्सेली र रुसीसँग सम्बन्धित रहेको पाइएको छ । अमेरिकी मध्यावधि चुनावमा फेसबुक मार्फत हुनसक्ने गडबडी रोक्न फेसबुकले व्यापक जनशक्ति परिचालन गरेको छ ।

यो कार्यका लागि फेसबुकले करिब २० हजार कर्मचारी खटाएको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘मलाई कि मर्न देउ कि मार, म घर फर्किन्न’

  • २९ कार्तिक, २०७५

एजेन्सी । बंगलादेशमा शरण लिएर बसेका म्यानमारका अल्पसंख्या रोहिंग्या मुसलमान समुदायका मानिसलाई घर फर्काउने प्रकृया बिहिबारदेखि सुरु हुँदैछ । बौद्ध

निन्द्रा लाग्याे निदाइदिएँ मैले के बिराएँ !

  • २९ कार्तिक, २०७५

एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोद्रिगो डुटर्टेसहित विश्वका नेताहरु दक्षिण पूर्वी एसियाली देशहरुको संगठन आसियानको सम्मेलनका लागि यतिबेला

यमनमा अमेरिकी ड्रोन आक्रमणमा मारिनेमा बढी सर्वसाधारण 

  • २८ कार्तिक, २०७५

अताक । संयुक्तराज्य अमेरिकाले यमनमा सक्रिय अल–कायदा समूहलाई दबाउने उद्देश्य राखेर ड्रोन (मानवरहीत विमान) युद्ध छेडेको १६ वर्ष पुगिसकेको छ । तर यो