• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

निन्द्रा लाग्याे निदाइदिएँ मैले के बिराएँ !

आसियान सम्मेलनमा निदाए फिलिपिनो राष्ट्रपति 

एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोद्रिगो डुटर्टेसहित विश्वका नेताहरु दक्षिण पूर्वी एसियाली देशहरुको संगठन आसियानको सम्मेलनका लागि यतिबेला सिंगापुरमा छन् ।

आसियानको बैठकमा लगातार बैठकहरु भइरहेका छन् । तर फिलिपिन्सका राष्ट्रपति डुटर्टेले भने निन्द्रका कारण चारवटा बैठक छुटाइसकेका छन् । बैठक चलिरहँदा डुटर्टे ‘पावर न्याप’ अर्थात निन्द्रामा हुन्छन् । ७३ वर्षे डुटर्टेले आफु निदाउँदा के बिग्रियाे ?’ भनी उल्टो प्रश्न गरेका छन् । यसअघि पनि डुटर्टेले निन्द्राकै कारण कयौँ बैठकहरु छुटाएका छन् । उनको स्वास्थ्य अवस्थाका कारण उनलाई निन्द्रा लागिरहने गरेको अनुमान पनि गरिएको छ ।

आसियानको बैठकमा निन्द्राका कारण चारवटा बैठक छुटाएपछि डुटर्टेका प्रवक्ता साल्भाडोर पनेलोले आफ्ना राष्ट्रपतिको बचाउ गर्दै डुटर्टे अबेर राती सम्म काम गरेको र जम्मा तीन घण्टा मात्र सुतेकाले त्यस्तो भएको बताए ।

डुटर्टे मात्र त्यस्ता नेता होइनन् जो आसियानको सम्मेलनमा निदाउँदै गरेको भेटिए । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन पनि निदाउँदै गरेको तस्बिर वासिङटन पोस्टका स्तम्भकारले भेटेका थिए । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर