प्रहरीद्वारा ३७ किलो चरेस नष्ट

बुटवल । बुटवलमा प्रहरीले ३७ किलो चरेश नष्ट गरेको छ । पछिल्लो समयमा विभिन्न स्थानबाट बरामद गरिएको ३७ किलो चरेश सहित लागुऔषधहरु शुक्रवार नष्ट गरिएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलमा ३७ किलो चरेस, एक किलो एक सय ग्राम गाजासहित विभिन्न प्कारका लागु औषध नष्ट गरिएको प्रहरी नायव उपरिक्षक डिलवहादुर मल्लले बताए । उनले लागु औषधसहित पक्राउ परेकाहरुलाई कारवाही प्रक्रिया अगाडी बढाइएको समेत बताए ।

प्रहरीले गत कात्तिक १७ गते बुटवल १३ बाट विभिन्न ब्यक्तिका साथबाट चरेस बरामद गरेको थियो । त्यस्तै कात्तिक १८ गते बुटवल ६ बाट नुफिन, एम्पुल्स, फेनरागनलगायतका लागु औषध बरामद गरेको थियो ।  त्यस्तै बुटवल ९ बाट १८ र २० गते पनि लागु औषध बरामद गरेको थियो । २४ गते बुटवल २ बाट गाजा बरामद गरिएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर