• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

पत्रकार खशोग्जीको हत्यामा साउदीका युवराज सलमानको हात - रिपोर्ट

एजेन्सी । अमेरिकी सञ्चारमाध्यमका अनुसार, साउदी अरबका युवराज मोहम्मद बिन सलमानले नै पत्रकार जमाल खशोग्जीको हत्याको आदेश दिएको अमेरिकी गुप्तचर संस्था ‘सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी’(सिआईए)को भनाई छ । 

यसको सम्पूर्ण प्रमाणको अध्ययन गरेको एजेन्सीको नजिकको सुत्रले बताएको छ । अधिकारीहरुले यस प्रकारको अभियानमा युवराज सलमानको हुनुपर्छ भनेका छन् ।

यता साउदी अरबले भने सीआईएको यस दाबीलाई गलत बताएको छ, साथै युवराज सलमानलाई हत्याको योजनाको कुनै जानकारी नभएको पनि बताएको छ । 

गत २ अक्टोबरमा इस्तम्बुलमा साउदी अरबको वाणिज्य दूतावासमा खशोग्जीको हत्या भएको थियो । तर उनको शव भने भेटिएन ।

यस सम्बन्धमा टर्कीले हत्याको आदेश माथिबाट आएको बताएको थियो । साउदी अरबमा पत्रकार खशोग्जीको हत्याको शोक सभा आयोजना गरिरहेको समयमा यो नयाँ दाबी अगाडी आएको छ । 

सिआईएको आंकलन केही हदसम्म युवराज सलमानका भाई र अमेरिकामा साउदी अरबका राजदूत खालिद बिन सलमानबीचको फोनकलमा आधारित रहेको ‘वासिंटन पोष्ट’को भनाई छ, जहाँ पत्रकार जमाल खशोग्जी काम गर्थे । 

अमेरिकी सञ्चारमाध्यममा बताइएको स्रोतका अनुसार, जति पनि प्रमाण भेटिएका छन्, तीमध्ये कुनै पनि यस हत्याका लागि प्रत्यक्ष रुपले युवराज सलमानतर्फ इशारा गर्दैन । तर, यस प्रकारको योजनाका लागि उनको मञ्जुरीको आवश्यकता परेको हुनसक्ने अधिकारीको भनाई छ ।

हत्याबारे के भन्छ साउदी अरब ? 

बिहिबार रियादमा एक पत्रकार सम्मेलनका दौरान साउदी अरबका उप सरकारी अभियोजक शालान बिन राजी शालनले भने, पत्रकार जमाल खशोग्जीको हत्या एक वरिष्ठ खुफिया अधिकारीको आदेशमा भएको थियो र यसमा युवराज मोहम्मद बिन सलमानको हात थिएन । यद्यपी, उनले जुन व्यक्तिले खशोग्जीको हत्याको आदेश दिएका थिए उनी समूहको प्रमुख रहेको बताए ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर