• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

माओवादीको भोली देशभर वडा सम्मेलन: 'नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौं' -माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौं भन्दै वडा अधिवेशन सुरु गर्न लागेको छ । भोली हुने देशभरको वडा सम्मेलनको पूर्वसन्ध्यामा माओवादी प्रवक्ता कृष्णबहादुर महराले एक विज्ञप्ती जारी गर्दै वडा सम्मेलन उत्साहपूर्ण रुपमा सम्पन्न गर्न आव्हान गरेका हुन् । 

'देशमा आमुल परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको हाम्रो पार्टीले अंगालेको समाजवादको यात्रा पुरा गर्नजनताको तहदेखिनै परिवर्तन हुन जरुरी छ,' उनले विज्ञप्तीमा भनेका छन्, 'पार्टीको महत्वपूर्ण आधार भनेको तल्लो तहमा रहेर काम गरिरहनुभएका नेता कार्यकर्ता र जनसमुदाय हुनुहुन्छ ।समाजवाद निर्माणका लागि नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निमार्ण गरौं भन्ने मूल ध्येयका साथ पार्टी निर्माणमा जुट्न आवश्यक छ । हाम्रो पार्टीको वडा सम्मेलनमा कुनैपनि विभाजित मनोविज्ञान वा मानसिकता नराखी एकतावद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्न सक्ने रुपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दै सम्मेलन सफलताको शुभकामना व्यक्त गर्दछ ।'


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर