• २०८३ कार्तिक १५ आइतबार
  • Sunday, 1 November, 2026

पत्रकार धरपकडको जवाफ दिन सरकारलाई रास्वपाकाे निर्देशन

काठमाडाै‌। पत्रकारहरूलाई समाचार कक्षबाट पक्राउ गरिएको र पत्रकार पक्राउ गर्नका लागि समाचार कक्षमा सुरक्षाकर्मी प्रवेश गरेको घटनाको छानबिन गर्न सरकारकाे नेतृत्व गरिरहेकेा दल रास्वपाले निर्देशन गरेकाे छ ।

सचिवालयको शनिबारको बैठकमा पत्रकार पक्राउ गरिएको र सञ्चार गृहमा प्रहरी प्रवेश गरेको घटनाको विषयमा सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग उठेको हो ।

बैठकपछि घटनामा छानबिन गर्न सरकारले निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले बताए। सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता खरेलले रास्वपा प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए। 

सचिवालय बैठकले पत्रकारमाथिको धरकपडलाई गलत बनेको उनले बताए। ‘हिजो जुन घटना भयो, त्यसमा प्रधानमन्त्री कार्यालयले पनि आफ्नो संलग्नता नभएको बताइरहँदा बैठकले सरकारलाई स्पष्ट रूपमा यो किन, कसरी भयो र कसले गर्‍यो भन्ने छानबिन गर्न र दोषीमाथि कारबाही गर्न निर्देशन दिएको छ,’ खरेलले भने। 

यससँगै रास्वपा सचिवालय बैठकले यसमा यथाशिघ्र कारबाही गर्न पनि भनेको छ। रास्वपा प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध पार्टी भएको उनले बताए। 

‘पत्रकार पक्राउको विषय बाहिर आउनासाथ हामीले सामाजिक सञ्जाल र लेटरहेडमार्फत सरकारको ध्यानाकर्षण गराएका थियौँ। यो घटना गलत थियो र यस्तो दोहोरिनु हुँदैन,’ खरेलले भने, ‘यो सरकारी निकायबाट भएको घटना हो, त्यसैले सचिवालय बैठकले यसको गहिरो अध्ययन र छानबिन गरी दोषी जोसुकै भए पनि कारबाही गर्न सरकारलाई सचेत गराएको छ।’

रास्वपाका एक पदाधिकारीले भने, 'सरकारका पछिल्ला घटनाक्रमको विषयमा सचिवालय बैठकमा धेरै चर्चा भएको छ । मुख्यगरी शुक्रबार पत्रकार पक्राउ र सञ्चार गृहमा प्रहरी प्रवेश गरेको विषयमा प्रधानमन्त्री कार्यालयले हामीलाई थाहा छैन भनेको र गृहमन्त्रीले पनि जानकारी नदिएको भनी दिएका अभिव्यक्तिलाई लिएर गम्भीर छलफल भयो ।'

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर