• २०८३ कार्तिक १४ शनिबार
  • Saturday, 31 October, 2026

पत्रकार पक्राउकाे तरंगः रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा देशको विद्यमान समसामयिक राजनीति र साङ्गठनिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

हिजाे मात्रै सरकारले विभिन्न सञ्चार गृहमा पत्रकारहरुकाे गिरफ्तारी गरेपछि त्यसले राजनीतिक बृत्तमा तरंग सृजना गरेकाे छ भने रास्वपा र सरकारकाे चर्काे आलाेचना भएकाे छ।

पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज बिहान ११ बजे काठमाडौँको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठकमा पार्टीको भावी रणनीति, पछिल्ला राजनीतिक घटनाक्रमका साथै साङ्गठनिक सुदृढीकरणका विषयमा छलफल हुने जनाइएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर