• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

अपुरो निद्राले कसरी पार्छ हाम्रो सौन्दर्यलाई असर ?

काठमाडौं । मंसिर महिना सुरु भए लगतै विवाहको सिज सुरु भएको छ । यस्तो आवस्थामा हामीले हाम्रो स्वास्थ्य तथा सौन्दर्यको विशेष ख्याल गर्नुपर्छ । हामीले सौन्दर्यको ख्याल गर्ने भन्ने वित्तिकै बजारमा तथा घरेलु रुपमा पाइने विभिन्न वस्तुको प्रयोग गर्ने भन्ने बुझछौँ । तर हाम्रो सौन्दर्यलाई निर्खान निद्राले पनि विशेष भूमिका खेलेको हुन्छ ।

हामी सुतेको समयमा त्वचामा कोलेजन उत्पादन हुन्छ । जसले हाम्रो अनुहारमा आउने चाउरीपना हटाउन मदत गर्छ । साथै त्वचा मुलायम हुन्छ । त्यसैले हामीले स्वस्थ त्वचाको लागि दिनमा ८ घण्टा सुत्नु निकै आवश्यक हुन्छ ।

सुतेको सममा हाम्रो शरीरमा रक्त प्रवाह भइरहेको हुन्छ जसले गर्दा विहान उठदा आम्रो अनुहार प्रेस देखिन्छ । रातमा राम्रोसँग निद्रा पुगेन भने अनुहार फिक्का मात्र देखिदैन दिनभरी नै शरीरमा आलस्यता पनि आउँछ ।

निद्राको कमि भएमा आँखामा डार्क सर्कल देखिन्छ । जसले हाम्रो सौन्दर्यतामा असर पार्छ । धेरै दिनसम्म निद्रो अपुरो नै भइरह्यो भने सुरुमा केही दिन आँखाको वरपर सुनिए जस्तो हुन्छ तर विस्तारै डार्क सर्कलको कारण बन्छ ।

निद्रा अपुरो हुँदा यसको असर अनुहारमा मात्र होइन् कपालमा पनि देखिन्छ । निदाएको समयमा हम्रो कपालको रोममा रक्त प्रवाह भइरहेको हुन्छ जहााबाट रगतले भिाटिम र खनिज पाउँछ । हाम्रो आवश्यकता अनुसार निद्रा पुगेन भने रक्त प्रवाहको कमिको कारण कपाल झर्ने समस्या उत्पन्न हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर