एमाले महाधिवेशन: अध्यक्ष ओली आज चितवन झर्दै

चितवन । महाधिवेशनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन आउने तह भएको छ । भोलीदेखि सुरु हुने एमालेको महाधिवेशनका लागि ओली आज चितवन झर्न लागेका हुन् । 

ओलीले चितवन पुगेर महाधिवेशन आयोजना स्थलको अवलोकन गर्नुका साथै पार्टीका  विभिन्न पक्षसँग छलफल गर्ने छन् । 

एमालेले अहिले सम्म नयाँ नेतृत्वको प्यानल तयार पारेको छैन । अध्यक्षमा ओलीको विकल्प नभएपनि त्यसपछिका पदहरुमा एमाले भित्र तिब्र प्रतिस्पर्धा छ । आन्तिरिक हिसावले अझै टुंगो नलागेको सो विषयमा पनि ओलीले भोली विहान सम्ममा नेताहरुको व्यवस्थापन गर्न प्रयास गर्नेछन् । 

एमालेले यो महाधिवेशनमा प्यानल घोषणा गरेर चुनाव नलड्ने बताएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने उनीहरुको चाहनामा भने ब्रेक लागिसकेको छ । 

ओलीका विरुद्ध उपाध्यक्ष भीम रावलले उम्मेदवारी घोषणा गरिसकेका छन् भने अन्य पदहरुमा नेताहरुले मुख खोल्ने क्रम सुरु भएको छ । 

महाधिवेशन प्रतिनिधिका लागि सौराहामा शनिबारदेखि मात्रै बस्ने व्यवस्थापन मिलाइएको छ । महाधिवेशनको उद्घाटन समारोह हुने नारायणी नदी किनारमा मञ्चको निर्माण कार्यले तीव्र गति लिइरहेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर