• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

 जाडोमा मौसममा सुन्तला खानु फाइदै फाइदा 

काठमाडौँ ।  चिसो मौसम र चिसो ठाउँमै फल्ने सुन्तलाको महत्व धेरै छ । सुन्तला स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि अत्यन्तै लाभदायक छ । सुन्तलामा भिटामिन सी प्रशस्त पाइन्छ । सुन्तला भिटामिन ‘सी’ को प्रमुख स्रोत पनि हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ । बढी तौल भएका व्यक्तिका लागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम मानिन्छ ।

–सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ । यसले छाला, फोक्सो, स्तन, पेट र मलासयमा क्यान्सर लाग्ने जोखिम घटाउँछ ।

–सुन्तला खाइरहनुले मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्यामा न्यूनता आउँछ ।सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ ।

–सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसको नियमित प्रयोग गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउँछ ।

–सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छ । यिनले मुटुको गतिविधिलाई सुचारु राखी मुटुलाई स्वस्थ राख्न मद्दत पुर्याउँछ । पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ ।

–सुन्तला नियमित खान सक्यो भने यो रोगमा केही कमी आउन सक्छ ।सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन् ।

–कब्जियतको समस्या छ भने सुन्तला नियमित खान सक्यो भने यो समस्या समाधान हुन सक्छ । यसमा फाइबरको मात्रा उच्च हुन्छ, जसले पाचन प्रक्रियालाई पनि बलियो बनाउँछ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर