• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

एमालेले देश लुटेको पैसाले नारायणी किनारमा पिकनिक गरेर धुलो उडाइरहेको छ – तामाङ

इलाम । अखिल (क्रान्तिकारी)का निवर्तमान अध्यक्ष रन्जित तामाङले देश लुटेको पैसाले एमालेले चितवनमा भोज गरिरहेको आरोप लगाएका छन । 

नेकपा (माओवादी केन्द्र) माइनगरपालीका इलामको नगर सम्मेलनलाई बिहिबार सम्बोधन गर्ने क्रममा तामाङले चितवनमा पार्टी अधिवेशन गरिरहेको पार्टी नेकपा एमाले माथी यस्तो आरोप लगाएका हुन । 

साँढे तिनबर्ष जनताको मतको अपमान गर्दै वलीले मजाक र ठट्टा गरेर बिताएको भन्दै तामाङले केपी वली नेतृत्वको सरकारको भ्रस्टाचार छानबिन हुनुपर्ने माग समेत गरेका छन्।  

माइनगर सम्मेलनलई सम्बोधन गर्ने क्रममा वली सरकारले मुलुकमा पहिले कहिल्यै नभएको भ्रस्टाचार गरेको आरोप समेत लगाएका तामाङले  भने , 'केपी वलि सरकारले इतिहासमा पहिले कहिल्यै नभएको भ्रस्टाचार गरेको छ र त्यहि देश लुटेको पैसाले नारायणी किनारमा "पिकनिक"  आयोजना गरेर धुलो उडाइरहेको छ ।'  'हामी वली सरकारका पालाम भएको अभुतपुर्व भ्रस्टचारमाथी छानविनको माग गर्दछौं ।'

आफ्नो अधिकांश समय केपी वलि र एमालेको आलोचनामा खर्चेका तामाङले वलिमाथी गणतन्त्रको संघर्षमा भागेको र गणतन्त्र आइसकेपछि पनि संघियता र गणतन्त्र बिरुद्ध चलखेलको  असफल प्रयास  गरिरहेको आरोप समेत लगाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर