• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

काठमाडौस्थित विश्व निकेतन माविमा शिक्षामन्त्रीको अनुगमन (भिडियो)

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौस्थित विश्व निकेतन माविको छड्के अनुगमन गरेका छन् । बिहिबार शिक्षामन्त्री पौडेलले काठमाडौको त्रिपुरेश्वरस्थित रहेको विश्व निकेतन माविको छड्के अनुगमन गरेका हुन् । उनले उक्त विद्यालयको एसईईको नतिजा, बालशिक्षा, बालशिक्षक र शिक्षिको समस्याबारे बुझ्नका लागि अनुगमन गर्न गएको जानकारी दिएका छन् । 

उनले आकस्मिक रुपमा आफूले अनुगमर्न गर्दा विद्यालयको सबै शिक्षकहरु कक्षाकोठामा गएर कक्षा सञ्चालन गरेको, राम्रोसँग पठनपाठन गरेको र विद्यार्थीले पनि राम्रोसँग अध्ययन गरेको देखिएको बताए । समग्र सार्वजनिक शिक्षालाई सुधार गर्नुपर्छ भन्ने मन्त्रालयको लक्ष्य रहेकाले उक्त लक्ष्य हासिल गर्न विश्व निकेतन माविको शिक्षक र प्रशासनले निर्वाह गरेको भुमिका सरकारका लागि नमुना हुन सक्ने उहाँले बताउनुभयो ।

अनुगमनका क्रममा मन्त्री पौडेलले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीसँग फोन मार्फत जानकारी समेत लिनुभएको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर