धनकुटामा सुनिल थापाकाे प्रभाव, देउवा पक्षको एकछत्र

बिराटनगर । धनकुटा जिल्लामा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा पक्षको एकछत्र प्रभाव देखिएको छ । काँग्रेसको १४ औं जिल्ला महाधिवेशनका क्रममा भएको निर्वाचनमा देउवा पक्ष हावी भएको हो । काँग्रेसका सहमहामन्त्री सुनिल बहादुर थापाको गृहजिल्ला धनकुटामा काँग्रेस संस्थापन ईतरको पक्ष कमजोर देखियो ।

सभापति देउवा पक्षमै सक्रिय भएर सभापतिमा देउवालाई जिताउन लागिपरेका सहमहामन्त्री थापाले आफैं धनकुरामा पुगेर सक्रियता देखाउँदै संस्थापनलाई विजयी गराएका हुन् । धनकुटा जिल्लामा नेता थापले आफ्नो बुबा सुर्यबहादुर थापाको विरासत सम्हाल्दै जबरजस्त प्रभाव बनाएका छन् । 

धनकुटा जिल्लाको मत परिणाम अनुसार उपसभापति बाहेक सवै पद सभापति देउवा पक्षले जितेको छ । सभापति दिनेश राईले ५ सय ४ मत प्राप्त गरि विजयी भएका छन् । उनका प्रतिस्पिर्धी कमोठ फागोले ४ सय ७० मत ल्याए ।  त्यस्तै उपसभापतिमा सुनिलकुमार डंगोल र रमेश ईवाहाङ विजयी भए । 

सचिवमा विजयसन्तोषी राई र जयन्द्र घिसिङ्ग विजयी भएका छन् । सहसचिवमा रोशन श्रेष्ठ र गिरिजाप्रसाद दाहाल निर्वाचित भएको निर्वाचन समितीले जनाएको छ ।

राप्रपाको राजनीति छोडेर काँग्रेसमा गएपनि धनकुटामा सहमहामन्त्री थापाको प्रभाव भने कायमै रहेको मत परिणामले देखाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर