सेयर बजारमा उच्च अंकको पहिरो

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजारमा उच्च अंकको पहिरो गएको छ ।  नेप्से परिसूचक उच्च अंकले घट्दा कारोबार भएका १३ वटै उपसमूह ओरालो लागेका छन् । कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ४९.०३ अंकले घटेर २५८४.६२ विन्दुमा झरेको छ । नेप्से १.८६ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.९८ अंकले घटेर ४८६.७६ विन्दुमा झरेको छ । 

कूल २३१ वटा कम्पनीको ७९ लाख ३२ हजार ७ सय ३१ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार एक सय २६ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह घटेको छ ।

बिहीबार महालक्ष्मी विकास बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको १२ करोड ४३ लाख ३९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज पनि २ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सामलिङ्ग पावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ५ सय ७ रूपैयाँ ५० पैसा पुगेको छ । यस्तै, न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ४ सय १३ रूपैयाँ १० पैसा पुगेको छ ।

यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । बैंकको सेयरमूल्य ६.८० प्रतिशतले घटेर ९ सय १३ रूपैयाँ ४० पैसामा झरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर