प्रदेश नम्बर १ सभापतिमा उद्धव थापा विजयी 

काठमाडौं ।  । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश नम्बर १ को सभापतिसहित अधिकांश पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको छ । महामन्त्रीमा पौडेल–कोइराला समूहका एकजना मात्र विजयी भएका छन् ।

सभापतिमा उद्धव थापा ८४४ मत प्राप्त गरेर विजयी भएका छन् । उनका  प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४२ मत प्राप्त गरे ।

उपसभापतिमा संस्थापनका रमेशजंग रायमाझी ८९१ र टंक प्रसाद राईले ८४७ मत प्राप्त गरी विजयी भएका छन् । संस्थापन इतरका गोबिन्द प्रसाद ढुंगाना (केदार ) ले ७६५ र विश्वनाथ रिजाल (त्रिलोचन ) ले ६६९ मत प्राप्त गरे ।

महामन्त्रीमा संस्थापनका भुपेन्द्र राईले ८२४ र संस्थापन इतरका उमेश थापाले ८२३ मत ल्याएर विजयी भएका छन् ।



 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर