निगम उकास्ने मन्त्री आलेको आइडियाः विद्युत प्राधिकरणबीच सहकार्य गर्ने (भिडियो)

काठमाडौं । लगातार घाटामा रहेको नेपाल वायु सेवा निगम र सरकारी संस्थानहरु मध्यकै अब्बल मानिएको नेपाल बिद्युत प्राधिकरणबीच सहकार्य गर्ने बिषयमा सम्झौता भएको छ ।  

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निगम र प्राधिकरणबीच प्राधिकरणका सामान तथा यात्रु नेपाल एअरलाइन्स मार्फत बोक्ने सम्झौता भएको हो । 

पर्यटनमन्त्री प्रेम आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नेपाल विद्युत् प्राधिकरणका महानिर्देशक कार्यकारी निर्देशक कुलमान घिसिङबीच सम्झौता गरिएको थियो । 

सम्झौतासंगै अव प्राधिकरणले कार्गोका लागि निगमको जहाज प्रयोग गर्नेछ । सम्झौता कार्यक्रममा मन्त्री आलेले डुव्न लागेको संस्थालाई प्राधिकरणले गरेको सहयोगप्रति आधार व्यक्त गरे । कुलमानले प्राधिकरणलाई माथि उकास्न गरेको कामको प्रसंसा गर्दै उनले आफुले पनि सांसद हुदा वन तस्करी रोक्न आवाज उठाएको बताए । 

मन्त्री आलेले आफ्नो कारण नै वन जोगाउने काम भएको र कोप सम्मेलनमा प्रधानमन्त्री जाँदा नेपाललाई कार्वन सञ्चिती गर्नका लागि करोडौं रोयल्टी प्राप्त भएको जानकारी दिए । 

त्यस्तै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले यसअघि पनि निगमकै जहाज प्रयोग गर्दै आएकोमा यससम्बन्धी सम्झौता भएको भन्दै खुसी व्यक्त गरे । अव प्राधिकरणको कामका कर्मचारीहरुले पनि निगमकै जहाज प्रयोग गर्ने उनले बताए । उनले सम्झौतालाई तत्कालै कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । 

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निगमले अव सेवा र गुणस्तरमा सुधार गर्नुपर्ने बताए।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर