• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

लुम्बिनी प्रदेश सभापति पुनलाई रोल्पामा भब्य स्वागत

काठमाडौं । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिङ पुनलाई रोल्पामा भब्य स्वागत गरिएको छ । प्रदेश सभापतिमा निर्वाचित भएपछि पहिलो पटक  गृह जिल्ला रोल्पा पुगेका सभापति पुनलाई नेपाली काँग्रेस रोल्पाले विशेष कार्यक्रम गरी सम्मान तथा बधाई दिएको हो । 

उक्त सम्मान तथा बधाई कार्यक्रममा बोल्दै सभापति पुनले आफु सिङ्गो प्रदेशको काँग्रेस सभापति भएको र सबैलाई एकताबद्ध बनाएर लैजाने र दक्षता र आवश्यकताको आधारमा सबैलाई उचित जिम्मेवारी दिने प्रतिकृया दिए । 

यस्तै कार्यक्रममा रोल्पा जिल्ला सभापति किशोर आचार्यले  रोल्पाले नेपाली काँग्रेसको प्रदेश सभापति जस्तो गरिमामय पद पाएकोमा सिङ्गो रोल्पाले गर्भ गर्नु पर्ने बताएका थिए । सभापति पुन नेपाली काँग्रेस रोल्पाका पूर्वसभापति तथा संघीय सरकारको पूर्वराज्यमन्त्री समेत हुन । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर