• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

चौबिस वर्षिया टिकटक स्टार बेल्लाले एक वर्षमै कमाइन् ५० लाख डलर ! 

काठमाडौं ।  चौबिस वर्षिया टिकटक स्टार बेल्ला पोर्चको टिकटकमा करिब ८ करोड ७३ लाख फलोअर छन् ।

उनले सामाजिक संजालमा ठूलो ठाउँ ओगटेकी छन् । टिकटकमा चार्ली डी एमेलियो र एडिसन रे पछि विश्वमै सबैभन्दा बढी फलो गरिएकी बेल्ल  फिलिपिनी अमेरिकी हुन् । 

सन् २०२० को अगस्टमा चर्चित गायिका मिल्ली बिको गीत ‘एम टू दी बी’ को लिप–सिङ गरेको भिडियो भाइरल भएपछि उनको लोकप्रियताको भाग्य खुलेको हो । 

बेल्लाको पेजमा अधिकांश भिडियो लिप–सिङ र संगीतमय नयाँ तरिकाको नृत्यले भरिएका छन् । टिकटक स्टार बेल्लाले एसियाली–अमेरिकी समुदायको हकहित र अधिकारका लागि पनि आवाज उठाउने गरेकी छन् ।

अर्थ सम्बन्धी लोकप्रिय पत्रिका फोर्ब्सका अनुसार बेल्ला चार्ली डी एमेलियो, डिक्सिी डि एमेलियो र एडिसन रेपछि सबैभन्दा बढी पैसा कमाउने टिकटक स्टार हुन् । सन् २०२१ मोनक्लेर, गूगल, टिन्डर, एनवाइएक्स, कस्मेटिक्स र अन्य थुप्रै कम्पनीसँग आफ्नो लोकप्रिय हुँदै गइरहेको संगित करियरको प्रायोजन सम्झौता गरेर उनले करिब पचास लाख अमेरिकी डलर कमाएकी छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर