• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

संक्रान्तिका परिकारहरू खिचडी–चाकु–लड्डु–कन्दमुल खाँदा के लाभ ?

काठमाडौँ । माघ महिनाको पहिलो दिन । माघे संक्रान्तिलाई मकर संक्रान्ति, माघी आदि नामले चिन्ने गरिन्छ ।

माघे संक्रान्ति नेपालभरी विभिन्न पवित्र मठ मन्दिरमा रहेको नदीहरुमा स्नान गरी पूजाआजा गरेर घिउ, चाकु, तिलको लड्डु, उसिनेको तरुल आदि खाने चलन छ । जाडो महिनामा पर्ने यो पर्वमा स्नान गरी यि खानेकुरा खाएमा शरिरमा गर्मीको मात्रा बढेर तागत बढ्ने र शरिरमा तेल लगाउँदा शरिरमा छाला सम्बन्धी अन्य रोगहरु नष्ट हुने विश्वास रहेको छ । माघे संक्रान्तिमा खाइने खानेकुरामा प्रशस्त मात्रामा पौष्ट्रिक तत्व पाइने भएकाले स्वास्थ्यको हिसाबले पनि निकै राम्रो मानिन्छ ।

चाकु

माघे संक्रान्तिमा खाइने मुख्य परिकार हो चाकु । चाकुमा सुक्रोज ५९.७ प्रतिशत, ग्लुकोज २१.८ प्रतिशत, खनिज २६ प्रतिशत तथा जल अंश ८.८६ प्रतिशत हुन्छ । यसका साथै चाकुमा क्याल्सियम, फोस्फोरस र आइरन जस्ता तत्व प्रचुर मात्रामा पाइन्छ । यसको सेवनले शरिरमा गर्मी पैदा गर्छ र रोग प्रतिरोधात्मक क्षमता पनि बढाँउछ । चाकु खाँदा जति स्वादिष्ट हुन्छ त्यति नै स्वास्थ्यको लागि पनि लाभदायक मानिन्छ । यसको सेवनले भोक लाग्नुको साथै शरिरमा रगत पनि बढाउँछ । यसको अतिरिक्त कब्जियत, पेटको दुखाई, सुजन र खानेनलीमा पोल्ने आदिबाट छुटकारा पाउन सकिन्छ ।

तिलको लड्डु

चिसो मौसममा जाडोले धेरै प्रकारको समस्या निम्ताउछ । जाडोमा एसिडिटीले धेरै दुख दिन्छ । माघे संक्रान्तिमा खाइने तिलको लड्डु जति स्वादिष्ट हुन्छ त्यति नै हाम्रो स्वास्थ्यको लागि लाभदायक हुन्छ । तिलमा सख्खर मिसाएर बनाइन्छ । जाडोको मौसममा विभिन्न समस्याले सताउने भएकोले तिलको लड्डु खानु स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो मानिन्छ । यसमा फाइबर धेरै मात्रामा पाइन्छ । जसले गर्दा पाचन प्रक्रिया राम्रो हुन्छ । साथै पेटको लागि पनि राम्रो मानिन्छ । सख्खरमा पर्याप्त मात्रामा फाइबर पाइछ ।

तिलमा चिल्लो प्रचुर मात्रामा पाइन्छ । यसमा प्रोटिन, क्याल्सियम, भिटामिन बी कम्प्लेक्स र कार्बोहाइड्रेट जस्ता तत्व पाइन्छ । यसका साथै सेसमिन एन्टिअक्सिडेन्ट हुन्छ जुन केही रोगहरु निको पार्न मद्दत गर्छ । तिलमा सख्खर मिसाएर बनाइन्छ जसले गर्दा यसको फाइदा दोब्बर हुन्छ । तिलको लड्डुको सेवनले रगत शुद्धिकरण गर्नुको साथै ब्लड प्रेसर नियन्त्रणमा राख्दछ ।

फापरको फुलौरा

त्यस्तै माघे संक्रान्तिमा खाइने अर्को परिकार हो फापरको फुलौरा । फापरमा म्याग्नेसियम, क्याल्सियम, ट्रिप्टोफेन, फोस्फोरस, फाइबर, भिटामिन बी र एन्टी अक्सिडेन्ट पाइन्छ । जुन शरिरको लागि एकदमै जरुरी हुन्छ । जसले गर्दा कब्जियत, ग्याष्ट्रिक जस्ता समस्याबाट छुटकारा मिल्छ । पाचन प्रक्रिया बलियो हुन्छ ।

तरुल

तरुल कन्दमुल रेसादार खाद्यपदार्थ हो । त्यसकारण यसका प्रशस्त फाइबर पाइन्छ । जाडोमा यसको सेवन एकदमै लाभदायक मानिन्छ । यसमा प्रोटिन, मिनिरल, कार्बोहाइड्रेट र विभिन्न प्रकारको भिटामिन पाइन्छ । माटोमूनि फल्ने भएकोले यसमा ग्लुकोजको मात्रा पनि हुन्छ । छाला तथा स्वास प्रश्वास सम्बन्धी समस्यामा तरुलको सेवनले फाइदा गर्छ । यसमा भिटामिन बी प्रशस्त मात्रामा पाइने भएकाले मुटु सम्बन्धी समस्याबाट पनि जोगाउँछ । यसमा भएको कार्बोहाइड्रेटले गर्दा शरिरमा ऊर्जा दिन्छ त्यसैले यसलाई शक्तिवर्द्धक खानेकुराको रुपमा लिइन्छ । । यसका साथै तरुलमा पाइने एन्टी अक्सिडेन्टले क्यान्सरसँग लड्न सक्ने क्षमता बढाउँछ । 

खिचडी

माघे संक्रान्तिमा खाइने अर्को परिकार हो खिचडी । मासको दाल, घीउ र चामल मिसाएर बनाइएको यो परिकार निकै स्वादिलो हुन्छ । खिचडीले शरिरमा गर्मीको मात्रा बढेर तागत दिने भएकोले यसको सेवन स्वास्थ्यको दृष्टिकोणले निकै लाभदायक मानिन्छ । यसका प्रशस्त मात्रामा प्रोटिन पाइन्छ ।


स्वास्थ्यको हिसाबमा हेर्ने हो भने आधुनिक खाना भन्दा कन्दमुल धेरै फाइदाजनक खाद्य पदार्थ हो । हामीले जस्तो खाना खान्छौँ त्यस्तै बुद्धी हुन्छ भन्ने अनुसन्धानले देखाईसकेको  छ । उच्च पौष्टिक तत्व भएको खानाहरु खान्छौ भने शरीरलाई स्वस्थ्य र उर्जाशिल बनाउन मद्धत गर्छ । केही समय आधुनिक खाना तर्फ धेरैको ध्यान भएको थियो भने अहिले यस्ता खाना स्वास्थ्यको लागि फाईदा जनक होईन भन्न थालेका छन् । पछिल्लो समय मार्सि चामलले निकै चर्चा भयो । विस्तारै हाम्रो पहिलाको खानेकुरातर्फ मान्छेहरु आकर्षित हुँदैछन् । हाम्रो पहिलाको खाना अर्गानीक र विषादी रहित छन् । प्रशोधन नगरिएको खाद्य पादर्थहरु स्वास्थ्यको लागि निकै फाईदा जनक रैछन् भन्ने कुराको अहिले अनुमान गर्न थालिसकेको छ त्यसैले प्रशोधित खाने कुरा भन्दा  अर्गानीक खानेकुरा धेरै राम्रो छ । 

के पाइन्छ कन्दमुलमा ?

कन्दमुलमा प्रोटिन कम पाइन्छ । तरुलहरुमा भिटामीन एको स्रोत ‘बिटा क्यारोटिन’ प्रचु्र मात्रामा पाइन्छ । त्यही क्यारोटिन खाद्यको माध्यमबाट शरीरमा प्रवेश गरिसकेपछि भिटामिन ‘ए’ मा परिणत हुन्छ । गाजरमा पनि प्रशस्त मात्रामा क्यारोटिन पाइन्छ । वास्तवमा, क्यारोटिन शब्दको मूल नै ल्याटिन शब्द क्यारोटा (ऋबचयतब) अर्थात् गाजर हो । क्यारोटिनका अलावा  आइरन, म्याग्नेसिएम, फस्फोरस जस्ता शरीरका लागि आश्वयक तत्त्वहरु पनि कन्दमुलमा यथेष्ट मात्रामा पाइन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर