• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सत्ता गठबन्धन जनप्रतिनिधिले राष्ट्रियसभा निर्वाचनमा एकै ठाउँ

खोटाङ ।  सत्ता गठबन्धनमा आवद्ध खोटाङका चार राजनीतिक दलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको पक्षमा मतदान गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले आगामी १२ माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा खोटाङबाट मतदान गर्ने जनप्रतिनिधिले गठबन्धनलाई मतदान गर्ने निर्णय गरेको हो ।

कांग्रेस सभापति विष्णुकुमार राईले गठबन्धनमा आवद्ध चार राजनीतिक दलका जनप्रतिनिधिलाई गठबन्धनकै पक्षमा मतदान गर्ने÷गराउने निर्णय गरिएको जानकारी दिए । “सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलले राष्ट्रियसभाको निर्वाचनमा सहकार्य गर्ने निर्णय गरेको छ”, उनले भने, “जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धी, सङ्घीयता, लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् प्रतिगमनकारी हर्कत र पश्चगमनकारी कदमलाई असफल बनाउँदै देशलाई एकतावद्धरुपमा अग्रगमनतर्फ अगाडि बढाउन जिल्लाबाट गठबन्धनलाई मतदान गर्ने निर्णय गरेका हौँ ।”

जिल्लाका चार सत्ता साझेदार दलले आगामी स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनसमेतमा गठबन्धन कायम राखिने माओवादी केन्द्रका अध्यक्ष देवान किराँती ‘पृथ्वी’ले बताउनुभयो । “केन्द्रमा गठबन्धन भत्किएको अवस्थामा पनि जिल्लाको सापेक्षता र आवश्यकताको आधारमा गठबन्धन कायम रहन्छ”, उनले भने, “सत्ता गठबन्धनमा आवद्ध दलबीचको सहकार्य, एकताको संयुक्त प्रयासलाई थप बलियो बनाउन गठबन्धनलाई पालिका र वडा तहसम्म पु¥याउने तयारी गरिएको छ ।”

सत्ता गठनबन्धनमा आवद्ध चार राजनीतिक दलले गरेको निर्णय प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । विज्ञप्तिमा कांग्रेस सभापति राई, नेकपा माओवादी केन्द्रका अध्यक्ष पृथ्वी, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष जलशेर राई र जनता समाजवादी पार्टीका अध्यक्ष टङ्क थापाले हस्ताक्षर  गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर