• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

काठमाडौं उपत्यकामा आज रातिदेखि जोरबिजोर प्रणाली लागु हुँदै

काठमाडौं । कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि सरकारले यातायात आवागमनमा कडाई गर्ने भएको छ । काठमाडौं उपत्यकामा आजरातिदेखि निजी तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू हुने भएको हो ।

 काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज अबेर बसेको बैठकले यस्तो निर्णय गरेको हो । सार्वजनिक र निजी सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मात्र चल्न पाउने छन् । सार्वजनिक सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्नेछ ।

 स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू हुने छैन । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर