• २०८१ बैशाख २५ मंगलबार
  • Tuesday, 7 May, 2024

सहकारी ठगको सम्पत्ति बेचेर भएपनि रकम फिर्ता गर्छुः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सहकारी सञ्चालकहरुको सम्पति रोक्का गरेर भए पनि पीडितहरुको रकम फिर्ता गर्ने बताएका छन् ।

आज (शुक्रबार) मन्त्रालयमा सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका पदाधिकारीहरुसँगको भेटका क्रममा बोल्दै गृहमन्त्री लामिछानेले सहकारी सञ्चालकहरुको सम्पति रोक्का गरेर त्यसबाटै पीडितहरुको रकम फिर्ता गरिने बताएका हुन् ।

उनले आफूले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेको र सो प्रस्तावमा सिंगो मन्त्रिपरिषद् नै एक ठाउँमा उभिएको बताए ।

उनले अनुसन्धान र कानूनी प्रक्रिया लामो समय जाँदा पीडितलाई झन धेरै समस्या थपिएको भन्दै कानूनी प्रक्रिया चल्दै गर्दा नै सञ्चालकहरुको सम्पत्ति रोक्का गर्न भने ढिलो गर्नु नहुने बताए ।

सम्पत्ति रोक्का गरेर तत्काल कानून बनाएर सो सम्पतिलाई बेचबिखन गरी फिर्ता गर्न शुरुवात गरिने उनले बताए ।

उनले सरकारले यस सम्बन्धमा निर्णय नै गरिसकेको बता ए। उनले चाँडै नै फरार रहेका, प्रमाणित भएका, ठगि गरेका मानिसहरुको सम्पती रोक्का गरेर त्यसबाट पीडितहरुलाई न्याय दिने क्रमको शुरुवात हुने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर