'विदेशमा युवाले सिकेको सिप नेपालको कृषिमा लगाउन सके देशको मुहार फेरिनेछ'

काठमाडौं । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नेपाली युवाहरुले विश्वका विभिन्न देशमा सिकेको सिप नेपाली कृषिमा लगाउन सके देशको मुहार फेरिने बताएका छन् । एनआरएनए दक्षिण कोरियाले कृषि उद्यम संभावना र चुनौतीको विषयमा आयोजना गरेको भर्चुअल ८ दिने तालिमको उद्घाटनका क्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बस्नेतले नेपाली युवालाई स्वदेशमा रोगजारी दिलाउन युवा परिषद समन्वयको भूमिका खेल्न तयार रहेको बताए । 

नेपालले ठूलो मात्रामा खाध्यन्न आयात गर्ने गरेको फेहरिस्त प्रस्तुत गर्दै उपाध्यक्ष बस्नेतले भने, ‘धानमा आयात रोक्न थप २ लाख ७० हजार हेक्टर जमिनमा धान खेती गर्नुपर्ने रहेछ । अहिले १४ लाख भन्दा धेरै बढि हेक्टरमा धान खेती भईरहेको रहेछ । अहिले जमिन थप्ने संभावना छैन भनेपछि त्यही जग्गामा उत्पादन बढाउने तरिकाले सोच्नु पर्ने देखिएको छ । कृषियमा आधुनिकिकरण गर्ने, चक्लाबन्दी रोक्ने, कृषिलाई यान्त्रिकिकरण गर्नु आवश्यक छ ।’

उपाध्यक्ष बस्नेतले दाँत कोट्याउने सिन्कादेखि, तास, स्याम्पु लगायत धेरै सामान नेपालले करोडौं खर्च गरेर नेपालमा भित्र्याउने गरेको उदाहरण दिदै नेपाली युवाहरुलाई नै स्वदेशमा स्वरोजगार बनाएर राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन सकिने बताए । उनले थपे,  त्यस्तो सीप सिकेका युवाहरुलाई नेपाल सरकारले विभिन्न कर्जाको व्यवस्था गरेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम पनि छ युवा परिषदलेनै युवाहरुलाई सिप सिकाउने र स्वरोजगार बनाउने कुरामा समन्वयकारी भूमिका खेलिरहेको छ । तपाईहरु कोरियाबाट नेपाल फर्कन चाहानुहुन्छ भने स्वागत गर्न युवा परिषद तयार छ । यस्ता युवाहरुलाई एउटा कार्यक्रम नै आयोजना गरेर नेपाल सरकारले संचालन गरेको युवामूखी रोजगारका कार्यक्रममा जोड्न चाहान्छौं ।’

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर