• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

एउटा खरबुजाको मूल्य चार लाख ! 

काठमाडौं । गर्मी मौसम सुरु भए लगतै बजारमा विभिन्न प्रजातिका खरबुजा आउँछ । विशेष गरी गर्मी मौसममा पानीको मात्र धेरै आवश्यक हुने हुँदा सितलता प्रदान गर्नको लागि खरभूजा धेरै खाने प्रचलन छ । 

सामान्यतया बजारमा ५० रुपैयाँदेखि १०० रुपैयाँसम्म खरबुजाको मूल्य हुने गरेको छ । तर विश्वमा एक विशेष तथा दुर्लभ प्रजातिको खरबुजा पाइन्छ । त्यसको मूल्य लाख भन्दा माथि हुन्छ । 

यो खरबुजालाई डेनसुक प्रजातिमा राखिन्छ । यसलाई कालो खरभूजा पनि भन्ने गरिन्छ । यो खरबुजा जापानको होकाइडो आइल्याण्डमा पाइन्छ । 

एक वर्षमा १०० ओटा मात्र उत्च्पादन हुने उक्त खरबुजा बजारमा कमै पाइन्छ । यस प्रजातिको खरबुजालाई बजारमा बिक्रि गर्ने भन्दा पनि निलामीमा राख्ने गरिन्छ । जहाँ विभिन्न प्रान्तबाट आएका अरबपतिहरुले बोली लगाउने गर्छन । 

सन् २०१९ मा अहिले सम्मकै महंगो मूल्यमा खरबुजाको बिक्रि भएको थियो । जतिबेला एक खरभूजा साढे चार लाखमा बिक्रि भएको थियो । तर कोरोना महामारीपछि यसको मूल्यमा कमि आएको छ । 

खासमा यो पल खरभूजा जस्तो देखिन्छ, यसको भित्र कम बियाँ हुन्छ भने भित्रको रातो भाग कुरुमकुरुम गर्ने हुन्छ । यसमा गुलियोको मात्र धेरै हुन्छ ।  जानकारी अनुसार वर्षको पहिलो पल मात्र  महंगो मूल्यमा बिक्छ बाँकी फल्दै गरेको फलको मूल्य क्रममा घट्दै जान्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर