• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

एमाले नेता माधव ढुंगेल र उनी श्रीमति कुटिए आफ्नै नेताबाट

रामेछाप । एमालेका केन्द्रीय सदस्य माधव ढुंगेललाई आफ्नै नेताले आक्रमण गरेका छन् । एमालेको केन्द्रीय सम्पर्क कमिटीको बैठकमा स्थानीय तहको निर्वाचनको टिकटको विषयलाई लिएर विवाद भएको थियो । विवाद चलिरहेका बेलामा उनलाई आफ्नै एकजना महिला कार्यकर्ता लक्ष्मी न्यौपानेले आक्रमण गरेकी हुन् ।

रामेछापको खाँडादेवी गाउँपलिका अध्यक्ष र उपाध्यक्षको टिकटको विषमा छलफल हुँदै थियो । छलफलका क्रममा विवाद भएको थियो । विवादका क्रममा न्यौपानले केन्द्रीय सदस्य ढुंगेललाई हातपात गरेकी हुन् । न्यौपाने भने एमाले केन्द्रीय सम्पर्क समितिकी सदस्य हुन् । न्यौपानेले ढुंगेललाई गरेको आक्रमण रोक्न खोज्दा ढुंगेल पत्नी सरिता दाहाल पनि घाइते भएकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर