• २०८२ जेठ १८ आइतबार
  • Sunday, 1 June, 2025

आजको मौसमः कोशी र मधेश प्रदेशमा भारी वर्षाकाे सम्भावना

काठमाडौं । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।

त्यस्तै कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा शुक्रबार मात्रै मनसुन भित्रिएको हो। यसको प्रभाव अहिले कोशी प्रदेश आसपास छ। मनसुन देशभरि फैलिन केही दिन लाग्ने महाशाखाले जनाएको छ। 

त्यसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशमा बिहान वर्षा भइरहेको छ। पछिल्लो एक घन्टामा धनकुटाको मुलघाटमा २२.८ मिलिमिटर वर्षा भएको छ। निजगढमा ८.४ मिलिमिटर, सिमरामा ४.८ मिलिमिटर वर्षा भएको छ।

शनिबार दिउँसो कोशी प्रदेश,मधेश प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान छ।

दिउँसो कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेशको एक-दुई स्थानमा दिउँसो  भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

शनिबार राति कोशी प्रदेश,मधेश प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान छ।

कोशी प्रदेश र मधेश प्रदेशको केही स्थानहरू तथा बाँकी पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेश र मधेश प्रदेशको एक-दुई स्थानमा राति पनि भारी वर्षाको समेत सम्भावना रहेको छ।

 देशको उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर