• २०८२ जेठ २० मंगलबार
  • Tuesday, 3 June, 2025

चारदिने नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास सम्पन्न

काठमाडौं । संयुक्त राष्ट्रसंघको अभ्यास मार्फत् युवाहरुको नेतृत्व विकास गर्ने उदेश्यले राष्ट्रिय युवा परिषदद्वारा सञ्चालन गरिएको  नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास कार्यक्रम सम्पन्न भएको छ। वुधवार उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले कार्यक्रमको उद्घाटन गरेका थिए।

चार दिवसीय नमुना संयुक्त राष्ट्रसंघीय अभ्यासमा सहभागी युवाहरुलाई  पांच समितिमा विभाजन गरी विभिन्न कार्यसूचीहरूमा छलफल गराइएको थियो। नमुना संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद अन्तर्गत भोकमरी रोकथाम र गाजामा मानवीय सहायता पहुँच सुनिश्चित गर्ने एजेण्डामा छलफल भएको थियो। 

नमुना संयुक्त राष्ट्रसंघ महिला संगठन अन्तर्गत महिलाहरू तथा किशोरीहरूको प्रविधिको माध्यमबाट हुने मानव तस्करी र यौन शोषणको सामना गर्न अन्तर्राष्ट्रिय कानुनी संरचना र सहकार्यलाई सुदृढ बनाउने विषयमा छलफल गराइएको नमुना युवा महासचिव दिवससिह खड्काले जनाए।

यसैगरी नमुना संयुक्त राष्ट्रसंघ शरणार्थी उच्चायुक्त कार्यालय अन्तर्गत लामो समयदेखि विस्थापित अवस्थामा रहेका मानिसहरूको संरक्षण र मानवीय सहायता पहुँचलाई सुदृढ बनाउने विषयमा छलफल भएको थियो। 

नमुना संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन अन्तर्गत विकासशील मुलुकहरूमा जलवायु अनुकूल तथा दिगो कृषि प्रणालीमार्फत् खाद्य सुरक्षा र पोषण सुदृढ गर्ने एजेण्डामा छलफल भएको थियो। सवै समितिहरुमा अन्तर्राष्ट्रिय प्रेसको अभ्यास समेत गराइएको थियो।

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नवदित् युवाहरुलाई राष्ट्रसंघीय अभ्यास मार्फत्  दिगो विकास लक्ष्य, कुटनीतिक आयाम , साझा अन्तर्राष्ट्रिय सवाल , जलवायू परिवर्तन, मानव अधिकार लगायतका विषयमा प्रशिक्षित गराउने उदेश्यले  कार्यक्रम आयोजना गरिएको वताए। 

जेष्ठ १४ गतेवाट १७ गतेसम्म चलेको अभ्यास कार्यक्रममा खुला अनलाइन आवेदनका आधारमा देशभरका  ७५ जिल्लावाट  छनौट भएका १६–२४ उमेरका १०० जना युवा सहभागि रहेको सहआयोजक ग्लोवल हेल्प फाउण्डेसनकम अध्यक्ष सञ्जिव भट्टराईले जनाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर