• २०८२ जेठ २० मंगलबार
  • Tuesday, 3 June, 2025

कमल थापा, सांसद सिंह छुटे

काठमाडाैं । काठमाडौंमा राजावादीको प्रदर्शनबाट पक्राउ गरिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंहसहित सात जनालाई प्रहरीले छाडेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार नियन्त्रणमा लिइएका सात जनालाई छाडिएको हो ।

राप्रपा नेपालका अध्यक्ष थापा, सांसद सिंह, कार्यकर्ता शिला राणा, व्यवसायी राकेश बस्नेत, सुन व्यवसायी रामचन्द्र लामिछाने, व्यवसायी विनोद कपाली, राप्रपा युवा मोर्चा नेपालका सदस्य सरोज तिमिल्सिना र डा. राजीब झालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले उनीहरूलाई भीडलाई उक्साएको, अपशब्द बोलेको, निषेधित क्षेत्र तोड्न खोजेको, प्रहरीसँग धक्कामुक्का गरेको लगायतका आरोपमा प्रदर्शनस्थलबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका सात जनालाई छाडिएको भए पनि एक जनालाई भने हिरासतमै राखिएको एसपी बोहराले जानकारी दिएका छन्।

झालाई प्रहरीले हिरासतमै राख्ने भएको छ । उनले मादक पदार्थ सेवन गरी भीडमा अपशब्द बोलेको एसपी बोहराले बताए । 

‘आठ जनामध्ये सात जनालाई जिम्मा जमानीमा छोडिएको र डा. राजीब झालाई हिरासतमा राखिएको छ । झाले मापसे सेवन गरी भीडमा अपशब्द बोल्ने कार्य समेत गरेका थिए,’ उनले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर