काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेनको चुनाव चिन्ह ‘लौरो’

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका ¥यापर बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार उनलाई चुनाव चिन्ह ‘लौरो’ प्रदान गरेको हो।स्वतन्त्र उम्मेदवार शाहले गत आइतबार महानगर प्रमुखका लागि उम्मेदवारी दर्ता गराए थिए।
यस्तै काठमाडौं महानगरपालिकाको मेयरमा राष्ट्रिय यर्थाथबादी पार्टीबाट उम्मेदवारी दिएका आनन्दराज जोशीले खसीको टाउको चुनाव चिन्ह्र पाएका छन् ।
महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका अमोत महर्जनले पुतली, दिपक सिलवालले रिक्सा, निमकान्त पाण्डेले प्रेस, सुमन सायमीले आखीझयाल चुनाव चिन्ह्र पाए । मेयरमा उम्मेदवारी पाएकी ज्ञानु लामाले लालटिन चिन्ह्र पाएकी छन् ।
प्रतिकृया दिनुहोस