• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सर्लाहीमा माओवादीका उम्मेदवारलाई विपक्षीले विष हालेको लड्डु खुवाएपछि तनावग्रस्त (भिडियाे)

सर्लाही । माओवादी केन्द्रका उम्मेदवारलाई विष हालेको लड्डु खुवाएपछि सर्लाही तनावग्रस्त भएको छ । घरदैलो अभियानका क्रममा एक विपक्षी पार्टी नेताले योजनावद्ध रुपमा विष हालेको लड्डु खुवाएर हत्या गर्न खोजेको भन्दै माओवादी केन्द्र आन्दोलिन भएको हो । माओवादी केन्द्रका कार्यकर्ताले सडकमा टायर बालेर आन्दोलन गरेका छन् । विषदी मिसिएको लड्डु खाएपछि हरिवन नगरपालिकाको वडा नम्बर ११ का अध्यक्षका प्रत्याशीसहित ४ जना बिरामी भएका हुन् । स्थानीय तहको निर्वाचनमा घरदैलो गर्ने क्रममा एक जना विपक्षी पार्टीको घरमा अध्यक्षका प्रत्याशी शेखर इस्तिहारसहितका टोलीलाई लड्डु दिइएको थियो । विपक्षी पार्टीले षड्यन्त्र गरेर सो लड्डुमा विष मिसाइ खुवाएर हत्या गर्न खोजेको माओवादी केन्द्रको आरोप छ । 

माओवादी केन्द्रका सो नगर सचिव विवेक मैनालीले योजनाबद्ध तरिकाले विष खुवाएर हत्या गर्न खोजेको बताएका छन् । उनले भने,‘नेकपा(माओवादी केन्द्र) हरिवन नपा वडा नम्बर ११ को अध्यक्षको उम्मेदवार शेखर इस्तिहारलाई घरदैलोको दौराना विपक्षी पार्टीका कार्यकर्ताले योजनाबद्ध ढंगले मिठाइमा बिष हालेर खुवाइयो । प्राथमिक उपचार पश्चात् वीरगञ्ज लगिएको छ । दोषीलाई कडाभन्दा कडा कारबाही होस् ।’ इस्तिहारलाई अहिले वीरगन्ज रेफर गरिएको छ । अन्य दुई जना वडा सदस्यका उम्मेदवार अहिले डिस्चार्ज भएका छन् भने वडाध्यक्षका उम्मेदवारसहित अर्का सदस्य भने गम्भीर रहेको मैनालीले बताए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर