कर्णाली प्रदेश अस्पतालले आइतबार बिदा नदिने

सुर्खेत । सरकारले आगामी जेठदेखी आइतबार पनि बिदा दिने निर्णय गरेपनि कर्णाली प्रदेश अस्पतालले भने बिदा नदिने निर्णय गरेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट सेवा लिने आउने सेवाग्राही दुई दिनको बिदाले थप मर्कामा पर्ने भएकाले विदा नदिएर सेवा निरन्तर दिने निर्णय गरिएको अस्पतालका प्रवक्ता डा. विकास केसीले जानकारी दिए ।
सरकारले जेठदेखी शनिवार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेर सूचना राजपत्रमा प्रकाशीत गरिसकेको छ । ‘लगातारको दुई दिनको विदाका कारण विकट ठाउँबाट आउने सेवाग्राही मर्कामा पर्ने देखियो,’ प्रवक्ता डा.केसीले भने, ‘गरिव निमुखा विरामीहरुलाई थप आर्थिक भार पर्ने र समयमै सेवा नपाउँदा कठिनाइ हुने भएकाले आइतबार पनि अस्पतालले सेवा प्रवाह गर्नेछ ।’ उनले परीक्षणका रुपमा जेठ १ गतेदेखी आइतबार ओपिडी लगायत अन्य स्वास्थ्य सेवा विहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म यथावत रहने जनाए ।
प्रतिकृया दिनुहोस