• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

मनाङमा सकियो मतगणना : एमाले र कांग्रेसले जिते दुईदुई पालिका

काठमाडौं । मनाङ जिल्लामा मतगणना सकिएको छ । हिमालपारिको जिल्ला मनाङमा चार वटा स्थानीय तह रहेका थिए । जसमध्ये एमाले र कांग्रेसले दुई दुई वटा पालिमा जितेका छन् । एमालेले मनाङको ङिस्याङ र चामे गाउँपालिकाको अध्यक्ष जितेको छ। ङिस्याङमा एमालेका कान्छा घलेले ८६१ मत पाएर विजयी भए भने चामेमा एमालेका लोकेन्द्रबहादुर घलेले ३२० मत पाएर विजउी भए । 

त्यस्तै, मनाङको नार्पाभूमि र नासोँ गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नार्पाभूमिमा कांग्रेसका कोन्जो तेन्जिङ लामा र नासोँ गाउँपालिकामा धनबहादुर गुरुङ विजयी भएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर