बुधबार १४ अकंले बढ्यो नेप्से 

काठमाडौं । बुधबार नेप्से १४.३७ अकंले बढेर २२३१.५७ बिन्दुमा बन्द भएको छ । मंगलबार भने नेप्से १६.३२ अकंले बढेर २२१७.१९ बिन्दुमा बन्द भएको थियो ।

आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको २६ लाख ९४ हजार ४२९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९३९ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने नेप्सेमा सूचीकृत २२४ कम्पनीको ३१ लाख ७३० कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४१ रुपैयाँको कारोबार भएको थियो ।

आज नेप्सेमा सामान्य सुधार आएपनि कारोबार भने सुधार आउन सकेको छैन । हिजो र आज नेप्सेमा केही सुधार देखिएको भएपनि कारोबार भने एक अर्बमा खुम्चिएको छ । बुधबार उप्पर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ८ करोड ३४ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, अरुण काबेली पावरको ४ करोड ७१ लाख ६८ हजार रुपैयाँ, नबिल बैंकको ३ करोड ४४ लाख ८५ हजार रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २ करोड ८८ लाख ११ हजार रुपैयाँ र अपी पावरको २ करोड ५६ लाख ८७ हजार रुपैयाँको कारोबार भएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर