• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

‘चिकित्सा शिक्षा ऐन’ का कारण सबै बिरामीलाई उपचार गर्न विदेश पठाउनु पर्छः प्रसाईँ

काठमाडौं ।  झापाको विर्तामोडमा सञ्चालित बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले अबको केही वर्ष पछि नेपालमा भएका बि रामीलाई उपचार गर्न विदेश पठाउनुपर्ने अवस्था आउने बताएका छन् ।  सरकारको नीतिले आगामी वर्ष भित्र सबै निजी लगानीका अस्पताल बन्द भएपछि उनले यहाँ भएका बि रामीलाई बिदेश पठाउनु पर्ने बाध्यता हुने बताएका हुन् । 

देशमा सञ्चालनमा रहेका १५० नर्सिङ कलेजमध्ये १३७ वटा नर्सिङ कलेज बन्द हुँदै गरेको बताउँदै उनले गोविन्द केसीले अनसन बसेर ल्याइएको पछिल्लो ‘चिकित्सा शिक्षा ऐन’ का कारण यी सबै कलेज बन्द हुने तरखरमा रहेको बताए ।   नेपालमा सञ्चालनमा रहेका नर्सिङ कलेज बन्द हुँदा नेपालमा भएका नर्सहरू विदेश पलायन हुनु पर्नें बाध्यता हुने  उनको भनाइ छ ।  नेपालमा   रहेका नर्सिङकलेज बन्द  भएपछि नेपालमा नर्सिङ पढ्नै नपाइने   उनको भनाइ थियो । 

नेपालमा पढ्न नपाए पछि भारत वा अन्य देशतर्फ लाग्नुपर्ने बाध्यता हुने बताउँदै प्रसाइँले नेपालमा नर्सिङ पढाई नहुने र भएका नर्स विदेशतर्फ जानेक्रम बढेपछि ५ वर्षपछि नेपालले भारत वा अन्य तेस्रो मुलुकबाट नर्स ल्याउनुपर्ने  बताए । नेपालका शिक्षण अस्पतालहरु बन्द गरेर  यहाँबाट अध्ययनका लागि  विद्यार्थीलाई बाहिर पठाइरहेको  अवस्थामा नेपालमा रहेका निजी अस्पताहरु बन्द हुन पाँच वर्ष पनि नलाग्ने उनले बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर