• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

एमालेका जनवर्गिय संगठनहरु मूल्यवृद्धि, मल र पुस्तक अभावविरुद्ध आन्दोलनमा जाने

काठमाडौं । नेकपा एमाले निकट २२ वटा जनवर्गिय संगठनहरु मूल्यवृद्धि, मल र पुस्तक अभावविरुद्ध आन्दोलनमा  जाने भएका छन् । बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले जनताको दैनिक समस्या विकरल बन्दै गएकाले सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय गरेको हो ।

एमालेले सरकार छाडेको एक वर्षभित्रमा मूल्यवृद्धि तेब्बरसम्म भएको र सर्वसाधारणलाई बाँच्नसमेत नसक्ने अवस्था आएकाले आन्दोलनमा जानुको विकल्प नरहेको एमाले जनसंगठन समन्वय संयन्त्रकी सहसंयोजक रचना खड्काले बताईन् । पार्टीका २२ वटा जनसंगठनका प्रमुखहरूसहितको बैठकले मुद्दा अनुसार संयुक्त आन्दोलन वा सम्बन्धित संगठनले एकल आन्दोलन गर्ने निर्णय भएको बताइएको छ ।

एमाले निकटका जनवर्गिय संगठनहरुले तत्कालै मुल्यवृद्धि, किसानले मल नपाएको तथा विद्यार्थीले पाठ्यपुस्तक नपाएको विषयमा आन्दोलन सुरु गर्ने भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर