• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

क्याप्टेन दीपुराज ज्वारचनले पाए वायुसेवा निगममा महाप्रबन्धकको जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी क्याप्टेन दीपुराज ज्वारचनले पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले मन्त्रिस्तरीय निर्णय गरी निगमको महाप्रबन्धकको जिम्मेवारी ज्वारचनलाई दिएका हुन ।

गत कात्तिकमा मन्त्री आलेको सिफारिसमा निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका युवराज अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निलम्बन गरेको थियो । कार्यकारी अध्यक्ष निलम्बनमा परेसँगै मन्त्री आलेले महाप्रबन्धकको जिम्मोवारी ज्वारचनलाई दिएका हुन् ।

बिहीबार महानिर्देशकको थप जिम्मेवारी प्राप्त भएको उनले बताए । ज्वारचन यसअघि निगमको अपरेशन विभाग प्रमुखका रहेका थिए भने उनी एयरबस ३२० जहाजका प्रशिक्षक पाइलट समेत हुन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर