• २०८२ असार २३ सोमबार
  • Monday, 7 July, 2025

फिफा बरियता: अर्जेन्टिना लाग्यो उकालो, नेपाल ८ स्थान झर्यो

काठमाडौं । विश्व फुटबलको आधिकारिक नियामक निकाय फिफाले नयाँ बरियता क्रम सार्वजनिक गरेको छ । आज सार्वजनिक भएको बरियता अनुसार दक्षिण अमेरिकी सुपर पावर ब्राजिल पहिलो स्थानमा छ ।

यस अघि मार्चमा सार्वजनिक भएको बरियतामा पनि ब्राजिल पहिलो स्थानमा नै थियो । 

दोस्रो स्थानमा युरोपेली देश बेल्जियमलाई आफूलाई कायमै राखेको छ । 

तेस्रो स्थानमा भने अर्को दक्षिण अमेरिकी पावर हाउस अर्जेन्टिनाले फड्को मागरेको छ । विश्व फुटबलमा पछिल्ला ३३ खेल अपराजित रहेको अर्जेन्टिना अघिल्लो र्याङकिङमा चौथो स्थानमा थियो । 

यस अघि तेस्रो स्थानमा रहेको फ्रान्स चौथो स्थानमा धकेलिएको छ भने बेलायत पाँचौंं, स्पेन छैटौं र इटाली सातौं स्थानमा छन् । नेदरल्याण्ड, पोर्चुगल र डेनमार्क क्रमशः ८ औं, ९औं र दशौं स्थानमा छन् । 

दक्षिण यसियाली देशमा भारतले फड्को मारेको छ । भारत १सय ४ औं स्थानमा उक्लिएको छ भने माल्दिभ्स १५६, नेपाल १७६, भुटान १८६, बंगलादेश १९२ र श्रीलंका २ सय ७ औं स्थानमा छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर