• २०८१ बैशाख २१ शुक्रबार
  • Friday, 3 May, 2024

ब्राजिलियन लिजेण्ड रोनाल्डिन्हो विरुद्ध रोहित चन्दले खेल्ने

काठमाडौं । नेपाली फुटबलका लागि यो एउटा अद्भुत अवसर हुन सक्दछ कि नेपाली फुटबरले विश्वका विख्यात फुटबलर ब्राजिलियत लिजेण्ड रोनाल्डिन्हो विरुद्ध फुटबल खेल्न पक्का भएको छ ।

इन्डोनेसियामा व्यवसायीक फुटबल खेलिरहेका नेपाल मिडफिल्डर रोहितले स्थानीय क्लबबाट रोनाल्डिन्होको टिम विरुद्ध भिड्न लागेका हुन् । 

इन्डोनेसियल अनलाईन पोर्टल इन्डोनेसिया एक्सपाटका अनुसार, रोनाल्डिन्होले इन्डोनेसियाली सेलिब्रोटीहरु मालिक रहेको क्लब रान्स सिलेगनबाट खेल्नेछन् भने सो क्लबको सामना नेपाली फुटबलर रोहित चन्द रहेको पेर्सिक केडिरीले गर्ने छ । चन्द यो सिजनमा पेर्सिकबाट खेल्ने छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर