• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

एकसातादेखि हराइरहेका बालक ढलमा जीवितै फेला 

काठमाडौं ।  जर्मनीमा ८ दिनदेखि हराइरहेका एक बालक ढलमा जीवितै फेला परेका छन् । बीबीसीका अनुसार जोइ नामले चिनिने ती बालक १७ जुनमा पारिवारिक बगैंचाबाट हराएका थिए । जसका कारण प्रहरीले उनको ठूलो खोजी गरेको थियो ।  

उनी २५ जुनमा बिहान फेला परेका थिए । एक पैदलयात्रीले ढलको ढकनीको प्वालबाट मन्द आवाज सुनेपछि उद्धार कार्य सुरु भएको थियो ।

करिब १० मिनेटपछि दमकल र आकस्मिक चिकित्सकको टोली घटनास्थलमा पुगेको थियो । न्युजवीकका अनुसार सडकमा ढलको ढकनी उचालेपछि अग्निनियन्त्रक ढलमुनि झरेर बालकलाई माथि तानेका थिए । उक्त स्थान उनको घरबाट ३०० मिटर टाढा थियो । उनलाई कुन चोटपटक नलागेको र खतरामुक्त रहेको प्राप्त विवरणमा जनाइएको छ ।

सुक्ष्म  रूपमा मानसिक असन्तुलित ती बालक लामो समयसम्म कसरी बाँचे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरेको छ । एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर