फरक भूमिकामा देखिएका प्रदीप खड्का 

काठमाडौँ ।  माओवादी द्वन्द्वको पृष्ठभूमिमा बनेको फिल्म ‘प्रकाश’ मा प्रदीप खड्काले शीर्ष भूमिका निर्वाह गरेका छन् ।

यो फिल्मको ट्रेलर एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । ट्रेलरमा उनले शिक्षक बन्न गरेको संघर्षलाई देखाइएको छ । शिक्षित युवा भएता पनि विधमान भ्रष्टाचारका कारण भोग्नुपरेको कठिनाइलाई उनले फिल्ममार्फत दर्शाएका छन् ।

सधैजसो चकलेटी अनुहारमा देखिने प्रदीप यसपटक आफ्नो स्टार भ्यालुलाई बिर्साएर प्रकाश चरित्रलाई पर्दामा उतार्न प्रयत्नशील छन् । फिल्ममा काम गरेपछि उनको सोच्ने शैली र बोल्ने शब्द पनि फेरिएका छन् । कुनै समय आफ्नो अभिनयको आलोचना गर्दा नराम्रो सोच्ने प्रदीपले अहिले ती शब्दको महत्व बुझेका छन् ।

‘ती सुझावहरु मप्रतिको आशा रहेछ । मैले गर्न सक्ने काम नगरेकोले म आलोचित भएको रहेछु । मसँग एक किसिमको फ्यान हुनुहुन्छ तर मैले उहाँसम्म रियल हिरोको कथाहरु लग्न सकेको रहनेछु’ प्रदीप भिन्न सुनिए । उनी आफैँले अघिल्ला चरित्र र त्यसमा गरेको मेहनत अहिले बुझेका छन् । उनले हिरो र कालकार बीचको भिन्नतालाई महसुस गर्दैछन् ।


माओवादी द्वन्द्वलाई काठमाडौंबाट नियालेता पनि उनले विभिन्न मध्यमले टाढा नरहेको बताए । ‘जसरि हामी राजनीतिबाट अछुतो छैनौँ । म पनि माओवादी युद्धबाट थिइन् । फिल्ममा झैँ समाजका कतिपय समस्याको अन्त्य सुखान्त हुँदैन । यसलाई महसुश गरेपछि मैले यो कथालाई धेरै दर्शकसम्म पुर्याउनु पर्छ भन्ने लाग्यो’ उनले भने ।

थिएटरको पृष्ठभूमिबाट आएकी रेनु योगीको यो पहिलो फिल्म हो । फिल्ममा उनले प्रदीपको जोडी भएर अभिनय गरेकी छिन् । फिल्म भदौ १० मा प्रदर्शन हुँदैछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर