• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

माओवादी स्थायी कमिटी बैठक: पूर्वनिर्धारित प्रदेशका बैठकहरुको मिति परिवर्तन गर्ने निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले बिभिन्न प्रदेशका बैठकको मिति परितर्वन गरेको छ । पार्टी कार्यालय पेरिसडाडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकले साउन २१ गतेदेखि प्रचण्डको जापान भ्रमण तय भएका कारण पूर्वनिर्धारित प्रदेशका बैठकहरुको मिति परिवर्तन गर्ने निर्णय गरेको हो ।

बैठकपछि माओवादी प्रवक्ता कृष्णबहादुर महराले साउन २९ गते तय भएको मधेश प्रदेशको बैठक भाद्र २ गते बस्ने, प्रदेश १ को बैठक साउन २६ गते, लुम्विनी प्रदेशको साउन २९ गते, कर्णाली प्रदेशको साउन ३१ गते र सुदूरपश्चिमको बैठक भाद्र चार गते बस्ने जानकारी दिए । त्यस्तै प्रवास कमिटीको बैठक ६ गते, विशेष प्रदेशको चार गते र सम्पर्क मञ्चको भाद्र ८ गते बैठक बस्ने प्रवक्ता महराले जानकारी दिए । स्थायी कमिटीको साउन १५ गते बस्ने बैठकले पदाधिकारीको टुङ्गो लगाउने उनले बताए । 

प्रचण्ड नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा जाने तय भएको महराले जानकारी दिए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर