• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

अर्थ मन्त्रीलाई स्वागत गर्न परेपछि सचिव मरासिनी गायव

काठमाडौं  । अर्थमन्त्री जनार्दन शर्मा पद त्याग गरेको २५ दिनपछि पुन: अर्थ मन्त्रालय फर्किने भएका छन् । असार २२ गते प्रतिनिधिसभा मार्फत राजीनामा घोषणा गरेका शर्मा आइतबार पुनः मन्त्रालय फर्कीन लागेका हुन् ।

शर्मा मन्त्रालय फर्कन लागेपछि अर्थ सचिव मधुकुमार मरासिनी भने बिदा लिएर सम्पर्कविहीन भएका छन् । उनी सम्पर्कवीहीन भएपछि मन्त्रालयमा  मन्त्रालयकै अर्का राजस्व सचिव कृष्णहरि पुष्करले मन्त्रीको स्वागत गर्ने तयारी भएको मन्त्रालय स्रोतले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्माको आइतबार सँझ शपथको तयारी गरेकी छिन् । अर्थमन्त्रीको आजै शपथ र मन्त्रालय प्रवेश गरे सँगै मन्त्री शर्माको आजै पदभार ग्रहण हुने भएपछि अर्थ मन्त्रालयका कर्मचारीहरूलाई घर नजान सर्कुलर भएको थियो  । तर अर्थ सचिव भने आज मन्त्रालय वुगेका छैनन् । 

असार २२ गते अर्थमन्त्रीले राजीनामा दिने दिन समेत बिदामा बसेका सचिव मरासिनी मन्त्रालयमा शर्मा पुन: फर्कने भएपछि उनी फेरि बिदामा बसेको स्रोतले जनाएको छ   । मन्त्रालयमा पुन: शर्माको प्रवेश हुने भएपछि सचिव मरासिनी बिदा लिएर पोखरा हानिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

बजेट निर्माणका क्रममा गत जेठ १४ गते राति बाहिरी व्यक्तिलाई प्रयोग गरेर करका दरहरू हेरफेर गरेको आरोप लगाउँदै विपक्षीहरूले उनको राजीनामाको माग गरेकाकारण उनले राजीनामा दिएका थिए ।

उनले संसदीय छानबिन समितिसमेत बनेपछि छानबिनलाई सहयोग गर्ने उल्लेख गर्दै अर्थमन्त्री शर्माले असार २२ गते प्रतिनिधिसभा मार्फत राजीनामा घोषणा गरेका थिए । उनीमाथि भएको छानबिनमा कुनै आरोप पुष्टि हुन नसकेपछि आइतबार शर्मा पुन: अर्थ मन्त्रालय फर्किन लागेका हुन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर