बचत सुरक्षा कोषको व्यवस्था नभए सम्म सहकारीमा गरिएकाे बचत असुरक्षीत

काठमाडाैं । कुनै समय बजेटमै नारा ल्याएर प्रवर्द्धन गरेका सहकारी संस्थाहरूले ठगी गरेको भन्दै पछिल्लाे समय  बचतकर्ताहरूलेआन्दाेलन गरी रहेका छन् । सहकारीले बचतकर्ताकाे रकम िहनामिना गरेकाे भन्दै सहकारी बिरुद्व बचतकर्ताहरु आन्दाेलनमा उत्रेका हुन् ।

नेपालमा सञ्चालन अनुमति लिएका ३०,००० सहकारी संस्थाहरूमा ७३ लाख मानिसहरूको चार खर्ब ७८ अर्ब रुपैयाँ बचत रहेको नियामक सहकारी विभागले जनाएको छ। विभागका अनुसार पछिल्लो एक वर्षको अवधिमा सहकारीले बचतको रकम नदिएको विषयमा ३०० भन्दा बढी उजुरी विभागमा परेका थिए।

हाम्रो घर वा पसलमा पैसा सङ्कलन गर्न आउने सहकारीमा हामीले राखेको पैसा कति सुरक्षित छरु सहकारीमा जम्मा गरिएको रकम ठगी हुनबाट कसरी बच्न सकिन्छ ? सरकारी अधिकारी र विज्ञहरू बचतकर्ता सचेत भए आफूले गर्ने बचत कति सुरक्षित छ भन्नेबारे थाहा पाउन सक्ने बताउँछन्।

आफूले बचत गर्ने सहकारी संस्थाबारे केही आधारभूत जानकारी राखेर मात्रै कारोबार गर्दा आफ्नो पैसा गुम्न सक्ने जोखिमबाट बच्न सकिने उनीहरूको भनाइ छ।अधिकांश सहकारीहरूमा गरिने बचत सुरक्षित नै हुने सहकारी विभागका उपरजिस्ट्रार तथा सूचना अधिकारी टोलराज उपाध्यायकाे भनाइ छ । तर नियामक निकायको निगरानी र कानुनी संरचनाका दृष्टिले सहकारीहरूमा हुने बचत ब्याङ्कमा जति सुरक्षित भने नहुने उनले बताए।

नेपालमा रहेका अधिकांश सहकारी संस्थाहरूमा राखिएको बचत सुरक्षित नै रहे पनि केही संस्थाहरूमा भने सर्वसाधारणको बचत जोखिममा पर्ने गरेको उनकाे भनाइ छ ।

बैङ्कहरूमा जस्तै सहकारीहरूमा पनि बचत सुरक्षा कोषको व्यवस्था नगरिएसम्म सहकारीमा राखिएको सर्वसाधारणहरूको रकमको अधिकतम सुरक्षा नहुने विभागका पूर्वरजिस्ट्रार सुदर्शन ढकालले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर