• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

जापानमा प्रचण्डका ५ दिनः यस्ता छन् कार्यक्रम

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ५ दिने भ्रमणका लागि आज जापान उडेका छन् । आफ्नौ सचिवालयका ३ सदस्यसहित जापान उडेका प्रचण्ड साउन २५ गते नेपाल फर्कने तय भएको उनको स्वकीय सचिव तथा छोरी गंगा दाहालले जानकारी दिएकी छन् । 

नेपाली जनप्रगतिशिल मन्च जापानको निमन्त्रणमा नेपाल एयरलाईन्सबाट जापान जान लागेका अध्यक्ष प्रचण्डले नेपालीहसँग अन्तरक्रिया गर्ने तथा जापानका ऐतिहाँसिक स्थलहरुको भ्रमण गर्ने कार्यक्रम छ । 

प्रचण्डको जापान भ्रमणको समग्र कार्यक्रमबारे छोरी गंगाले भनेकी छन्, 'हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का श्रद्धेय अध्यक्ष तथा नेपाल सरकारका पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड २०७९ साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा रहनुहुने भएको छ।

नेपाली जनप्रगतिशिल मन्च जापानको निमन्त्रणामा उहाँ जापानमा आयोजित विभिन्न कार्यक्रममा सहभागी बन्नुहुनेछ।'

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको विमानमा आज राति नै उहाँ जापानको लागि प्रस्थान गर्नुहुनेछ भने भोलि August 6 मा जापानको  Fukuoka मा आयोजना हुने Nepal Festival Ceremony को समुदघाटन गर्नुहुनेछ।

August 6 मा हिरोसिमा घटना भएको ७५ बर्ष पूरा हुन्छ। August 7 मा अध्यक्ष कमरेड प्रचण्डले हिरोसिमा भ्रमण गर्नुहुनेछ भने सोही दिन नेपाली जनप्रगतिशिल मन्च जापानको आयोजनामा Tokyo मा हुने नेपाली समुदायहरुबिच "समृद्ध नेपालको आधार: आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार " विषयको खुला अन्तरकृया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी बन्नुहुनेछ।

जापानमा रहदा अध्यक्ष कमरेड प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसङग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेकोे छ।

अध्यक्ष कमरेड प्रचण्डको जापान भ्रमणले नेपाल-जापान सम्बन्धलाई थप मजवुत बनाउन मद्दत गर्नेछ भने नेपालको आर्थिक विकास र समृद्धिको बाटोमा जापान सरकार र जापानमा रहेका प्रवासी नेपालीबिचमा विश्वास र सहकार्यमा बढोत्तरी हुनेमा हामी विश्वस्त छौं।'

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर