• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

किर्ते लाभग्राही बनेर सरकारी रकम खाने पत्रकार न्यौपानेविरुद्ध सिडियो कार्यालयमा उजुरी

ओखलढु‌गा । २०७२ बैशाख १२ को विनाशकारी भुकम्पबाट प्रभावित बनेका कतिपय बास्तविक पिडितहरुले यो वा त्यो बहानामा राहत पाउन सकेका छैनन् । सरकारले दिएको तीन लाख राहत लिन घर डिपिसी, माथिल्लो तला ढलान र सम्पन्न गरी तीन चरणमा फोटो सहितको कागजात पेश गर्नुपर्ने कानुनी प्रावधान बनाइएको छ । तर कतिपयले अर्काको घर देखाएर कर्मचारीलाई प्रलोभनमा पारी सरकारी रकम लिने गरेको तथ्यहरु बहिरिन थालेका छन् ।

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ४ खिजीकाती चर्नालुका पूर्ण प्रसाद न्यौपानेले नक्कली भुकम्प पिडित बनेर दोहोरो राहत लिएको तथ्यहरु फेला परेको हो । दाजु कमल प्रसाद न्यौपाने वडा अध्यक्ष भएकोवेला एकै व्यक्तिको दुइवटा घर भत्कीएको सिफारीस गराएर घर नै नबनाई दोहोरो राहत लिएको तथ्य सार्वजनीक भएपछि उनीविरुद्ध स्थानीयले कारबाहीको माग गरेका छन् । पत्रकारिता पेशामा लागेर न्यौपानेले वडा अध्यक्ष सहोदर दाजु कमल न्यौपानेको मिलेमतोमा पूनः निर्माण प्राधिकरणका कर्मचारी समेतलाई प्रभावित बनाई दोहोरो राहत लिएको पाइएको हो ।

पत्रकारिताका नाममा विभिन्न निकायसंग बार्गेनिङ गर्दै रकम असुल्ने आरोप लाग्दै आएका न्यौपानेले भुकम्प पिडितको किर्ते लाभग्राही बनेर सरकारी रकम समेत लिएको भन्दै रकम असुलगरी आवश्यक कानुनी कारबाही गर्नुपर्ने स्थानीयको माग छ । भुकम्पको समयमा मात्र नभएर हाल सम्म पनि एकाघरमा रहेका न्यौपनेले राज्यलाई सोझै ठगेको प्रमाणहरु बाहिरिएको खिजीदेम्बा ५ का स्थानीय ङाङनुरी शेर्पाले बताए । शेर्पाले अनुसन्धान गरी कानुनी कारबाहीको माग गर्दै न्यौपाने विरुद्ध साउन १७ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका छन् ।

न्यौपानेले विभिन्न बाहना बनाएर आफ्नै सहोदर दाजु वडा अध्यक्ष कमल न्यौपाने समेतको संलग्नतामा राज्यलाई ठगी गरेको आरोप छ । २०७२ को भुकम्प जादा सम्म उनको नाममा अर्को घर थिएन । उनी बुबा रेखनाथ न्यौपाने, दाजु कमल न्यौपानेसँगै बस्दै आएका र अहिले पनि परिवार सागोलमा रहेको वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताए । उनको मुलघरको पुनःनिर्माण भइसकेको भए पनि आफ्नो दाजु कमलप्रसाद न्यौपाने वडा अध्यक्ष भएको फाइदा उठाउँदै गुनासो भरेर सरस्वती आधारभूत विद्यालय स्थापनाको बेला बनाइएको बाणडाँडा भन्ने बारीको भत्केको घरको गाह्रोलाई देखाएर भुकम्प पुनः निर्माणबाट घर निर्माणको लागि नाम निकालिएका प्रमाणहरु वडा कार्यालयमा रहेको सुनुवारको दावी छ ।

यसरी नाम निकाले पछि पनि उनले घर नबनाई दोश्रो किस्ताको अनुदान बुझीसकेको र तेश्रो किस्ताका लागि निजीआवास निर्माण सम्पन्न गरेको कागज बुझाएको पाइए पनि उनको घर नै नभएको स्थानीयको भनाइ छ । कसरी भुकम्प प्रभावितको भग्राहही सुचीमा उनको नाम निस्कीयो भनेर सोधीखोजी गर्दा पूर्व वडा अध्यक्ष कमल न्यौपानेले आफ्नो भाई लगायतका धेरैजसो घर नभएका मान्छेहरुलाई सिफरीस गरेर लाभग्राहीको सुचीमा नाम निकालिदएको पाइएको स्थानीयहरु बताउँछन् । राज्य शक्तिको दुरूपयोग गरेर सरकारी रकम अपचलन गरेको भन्दै वडा अध्यक्ष न्यौपानेलाइ समेत कारबाही हुनु पर्ने स्थानीयले बताए ।

न्यौपानेले घर नबनाइ तेस्रो किस्ताको समेत दावी गरी रहेको अवस्थामा भवन पुननिर्माण प्राधिकरणको कार्यालयमा सोधखोज गर्दा ठगी गरेको तथ्य फेला परेको खिजीदेम्बा गाउँपालिका ४ का एक स्थानीयले जानकारी दिए । न्यौपानेको नेत्रकुमारी सुनुवार, ओभरसियर देबकृष्ण खड्का र वडाध्यक्ष कमलप्रसाद न्यौपाने मिलेर घर बनाइसकेको कागज तयार गरेको देखिन्छ । अरुको सानातिना गल्तीको पनि समाचार बनाउँदै हिड्ने पत्रकार न्यौपाने आफैँले भने सरकारलाई नै ठग्ने काम गरेको भन्दै उनलाई कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासनमा समेत उजुरी परेको छ ।

सरकारी किर्ते ठगीको तथ्य सार्वजनीक भएपछि न्यौपानेले घर बनाउँने प्रतिवद्धतासहितको निवेदन वडामा पेश गरेका छन् । उक्त प्रतिवद्धता निवेदनले समेत उनले रज्यलाई छलेर नगद लिएको पुष्टि गरेको छ । उनले वडा कार्यलयमा पठाएको पत्रमा आफु संबद्ध संस्थाको नाममा रहेको जग्गामा घर बनाएको उल्लेख गरेका भए पनि उनी संलग्न रहको सँस्था भिजन नेपाल भुकम्प गएको २ वर्ष पछि मात्र स्थापना भएको संस्था हो ।

वास्ताविक स्थानीय जनताले भुकम्पको अनुदान प्राप्त गर्न अक्षरशः मापदण्ड र समयसीमा पुरा गर्नु पर्ने तर पत्रकार भएकै कारण न्यौपानेले छुट पाउने भए ऐन कानुन र मामदण्डको धज्जी उडाएको देखिने गाउँलेहरुको गुनासो छ । यसभन्दा अगाडिका पीडितहरुले मापदण्ड पुरा नभएको भनेर बनाइसकेको घरको समेत अनुदान नपाएर अर्को घर बनाउनुपरेको थियो भने कतिले भत्काएर पुनः निर्माण गर्नुपरेको थियो । ‘तर न्यौपानेले भने घर नबनाइ तेस्रो किस्ताको दाबी कसरी गरे रु यसमा ककसको संलग्नता छ सबैलाई कारबाहीको दायरामा ल्याउनु पर्छ,’ एक स्थानीयले भने ।

न्यौपाने हाल नयाँ पत्रीका दैनीक, रासस, लगायतका राष्ट्रिय सञ्चार माध्यममा आद्द छन भने प्रेस चौतारी नेपाल केन्द्रीय लेखा आयोगका सचिव समेत हुन । उनले विभिन्न मिडियालाई देखाएर लामो समयदेखि सरकारी गैर सरकारी निकायबाट मोटो रकम असुल्ने गरेको आरोप समेत खेप्दै आएका थिए ।

भिजन एफएम ओखलढुंगाका अध्यक्ष समेत रहेका उनले गत प्ररदेश र संघीय निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनका उम्मेदवारहरु बाट जिल्लाका सबै सञ्चार माध्यामहरुलाई दिएको विज्ञापनको रकम समेत एक्लै झ्वाम पारेको स्थानीय सञ्चारकर्मीहरु बताउँछन् । नेकपा एमालेका प्रदेश सांसद अम्बीरबाबु गुरुङले चुनावी अभियानको विज्ञापनबापत न्यौपाने मार्फत जिल्लाका चारवटा रेडियोलाई समानुपातिक वितरण गर्न २ लाख दिएको बताएका थिए । उक्त रकम कुनै मिडिले नपाएको रेडियो सञ्चालकहरुले भनाइ छन् । उनी अहिले पनि सांसद अम्बीरबाबु गुरुङको दाहिने हात बनेर गुरुङकै अघिपछि हिडिरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर