• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

इटहरीमा समुदाय नै मिलेर बासघारी फाडेपछी बिवाद

सुनसरी । सुनसरीको  इटहरी–५ मा घरेलु अफिस भन्दा १०० मिटर उत्तरमा रहेको बास घारीमा अनैतिक गतिबिधी हुने गरेको स्थानीयले बाँस घारी फाँडेका छन् । युवाहरुले  गाजाँ लगायतका नसालु पदार्थ खाने,  हो हल्ला गर्ने गरेको भन्दै स्थानीयले बाँसघारी फाँडेका हुन् ।

पटक पटक उक्त बासघारी फाड्न स्थानियहरुले आग्रह गर्दा , बासघारीको भोगचलन गर्दै गरेका ब्यक्तिले आफुले उक्त बासघारी नहटाउने र जे गर्न सक्छौ गर भनेर स्थानियहरुलाई चुनौति दिए पछि समुदाय नै भेला भएर सोमबार बिहान  भरीमा लगभग १०० बटा भन्दा बढि बास काटेपछी बिवाद भएको हो । 

ऐलेनि जग्गामा भएको बास काटेपछि उक्त  जग्गाको भोगचलन गर्दै आएका ब्यक्तिले प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएपछि बास काट्ने क्रम रोकिएको छ र उक्त बिषयमा छलफल भईरहेको  बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर