इटहरीमा समुदाय नै मिलेर बासघारी फाडेपछी बिवाद
सुनसरी । सुनसरीको इटहरी–५ मा घरेलु अफिस भन्दा १०० मिटर उत्तरमा रहेको बास घारीमा अनैतिक गतिबिधी हुने गरेको स्थानीयले बाँस घारी फाँडेका छन् । युवाहरुले गाजाँ लगायतका नसालु पदार्थ खाने, हो हल्ला गर्ने गरेको भन्दै स्थानीयले बाँसघारी फाँडेका हुन् ।
पटक पटक उक्त बासघारी फाड्न स्थानियहरुले आग्रह गर्दा , बासघारीको भोगचलन गर्दै गरेका ब्यक्तिले आफुले उक्त बासघारी नहटाउने र जे गर्न सक्छौ गर भनेर स्थानियहरुलाई चुनौति दिए पछि समुदाय नै भेला भएर सोमबार बिहान भरीमा लगभग १०० बटा भन्दा बढि बास काटेपछी बिवाद भएको हो ।
ऐलेनि जग्गामा भएको बास काटेपछि उक्त जग्गाको भोगचलन गर्दै आएका ब्यक्तिले प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएपछि बास काट्ने क्रम रोकिएको छ र उक्त बिषयमा छलफल भईरहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस